Logo

भ्यालेन्सियासँग बार्सिलोनाको लज्जास्पद हार, मेस्सीको जादु चलेन



स्पेन, ११ माघ । स्पेनिश ला लिगामा लिग लिडर बार्सिलोनाले भ्यालेन्सियासँग लज्जास्पद हार व्यहोरेको छ । शनिबार भएको खेलमा भ्यालेन्सियासँग बार्सिलोना २-० ले पराजित भएको हो । पहिलो हाफ बराबरी खेलेका दुवै टिम दोस्रो हाफको सुरुवातमै भ्यालेन्सियाले बार्साकै खेलाडीको आत्माघाती गोलका कारण खाता खोलेको हो । पहिलो गोल बार्साका जोर्डी आल्बाले ४८ मिनेटमा गरेका थिए ।

भ्यालेन्सियाको लागि भने दोस्रो गोल गोमेजले ७७ मिनेटमा गरेका थिए । खेलको अधिकांश समय भ्यालेन्सियालाई दबाबमा राखेको बार्सिलोनाले पूरा समय अवधिभर गोल गर्न सकेन् । आजको खेलमा मेस्सीको कुनै जादु चलेन। एजेन्सी 



प्रतिक्रिया दिनुहोस्