Logo

प्रतिनिधिसभाले आज सभामुख पाउने



काठमाडौं, माघ १२ । गत असोजदेखि सभामुखविहीन प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ । सभामुखको पदमा नेकपाका अग्निप्रसाद सापकोटा निर्वाचित हुँदैछन् ।

सभामुख चयन प्रक्रियाका लागि आइतबार दिउँसो ३ बजे बैठक बस्दैछ ।आजको बैठकमा सापकोटाका प्रस्तावक सुवास नेम्वाङले आफ्नो प्रस्ताव पेस गर्नेछन् भने समर्थकमा रहेका पूर्वसभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपाका तर्फबाट लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् । उता सर्वोच्च अदालतमा उनीविरुद्ध परेको रिटको आजै सुनुवाइ हुँदैछ । संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपपछि कृष्णबहादुर महराले राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्