Logo

पूर्वसांसद कार्कीको निधन



काठमाडौं, माघ १२ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले बताए । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मेका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्