Logo

इरानमा ‘गोही’ लाई फाँसी



इरानमा ‛पर्सियाको खाडीका गोही’ भनी चिनिने लागूऔषध कारोबारका नाइके र अर्का एकलाई फाँसी दिइएको छ । ३६ वर्षीय उनलाई अन्तर्राष्ट्रिय जलमार्गबाट एक सय टन लागूऔषध कारोबार गरेको अभियोगमा पक्राउ गरी फाँसी दिइएको थियो ।

गोही विभिन्न भेषमा लागूऔषधको कारोबारी गर्दै आएका थिए । उनले इरान र खाडी क्षेत्रमा बलियो सञ्जाल बनाएर लागूऔषधको कारोबार गर्दै आएको मिडिया रिपोर्टमा उल्लेख छ । गोहीको खास नाम अझै खुलाइएको छ । उनको अगाडिको नाम ए जेटबाट शुरु हुने उल्लेख । उनका साथीको नाम एम एचबाट शुरु हुने भनिएको छ ।

इरानमा लागूऔषधको कारोबार गर्नेमाथि कडा सजायको कानुन छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्