Logo

सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)



काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएकी थिईन्।



प्रतिक्रिया दिनुहोस्