Logo

छ दिनमा अस्पताल बनाएर आफ्नै रेकर्ड तोड्दै चीन



चीनले सन् २००३ मा सात दिनमा अस्पताल बनाएर रेकर्ड तोडेको थियो । सार्स भाइरसका संक्रमितको उपचारका लागि अस्पताल बनाएको थियो । जिआओटाङसेन अस्पताल बनाउन चार हजार कामदारले दिनरात काम गरेका थिए । अस्पतालमा एक्से कोठा, सीटी कोठा, आइसीयू, यसबाट चीनको इञ्जिनियरिङ क्षेत्रमा चीनले गरेको कायापलट खुलेको थियो ।

यसपटक चीनले छ दिनमा अस्पताल निर्माण गर्दैछ । त्यो पनि एक हजार शैयाको । चीनले वुहान प्रान्तमा निर्माण गर्न लागेको अस्पताल कोरोना भाइरसका संक्रमितको उपचार गर्नेछ । चिनियाँ राष्ट्रिय टेलिभिजनमा २५ सय वर्गमिटरमा बन्न लागेको अस्तालको भिडियो फुटेज राखिएको छ । अस्पताल बनाउन हजारौं कामदार सक्रिय भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्