Logo

नागरिक सुरक्षाप्रति न्याय सम्पादन प्रभावकारी होस



श्रीजीपि शर्मा :  सिटिजन्स बैंकको ठगी प्रकरणलाई लिएर लामो समयसम्म म बैंकसँगै संघर्ष गरि राष्ट्र बैंकसम्म उजुरी लिई पुगेको कुरा अवगत गराउन चाहन्छु । तर, राष्ट्र बैंकले पनि सिटिजन्स बैंकलाई सहयोग गरी निर्णय गरेकाले २०७४ सालमा म काठमाडौं जिल्ला अदालतसम्म न्यायको भीख माग्दै पुगेको थिएँ । अदालतमा मुद्दा चलिरहेको मेरो सम्पत्तिलाई विभाष प्रोपर्टी विनोद ताम्राकार र खगेन्द्र बोहरालाई खडा गरी सम्पत्ति बेचिएछ । यो कुरा मैले अलिक पछिमात्रै थाहा पाएँ । यो थाहा पाएपछि म पूनः अदालत गएँ । र, अदालतले उक्त सम्पत्ति रोक्का गरेको कुरा जानकारी गराउन चाहन्छु ।

२०७६ साल पौष १७ गते जिल्ला अदालत काठमाडौंले विपक्षीको नाममा फैसला गर्यो । पेशाले वकिल भनिएका खगेन्द्र बोहराको नेतृत्वमा विनोद ताम्राकारसहित २०७६ साल पौष १८ गतेदेखि नै मेरो वासस्थान् घेर्ने काम भयो । पौष २२ गते दिउँसो ३ बजेदेखि सिटिजन्स बैंकको सहयोगमा वडा सदस्यसमेतलाई बोलाई राति ८ बजेसम्म करिब ३० देखि ३५ जना गुण्डाहरु ल्याई आईमाई केटाकेटीमात्रै भएको घरलाई घेर्ने काम गरियो । काम विशेषले गर्दा म त्यतिवेला घरमा थिईँन् । महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी उत्तम लम्सालको कमाण्डमा रहेको प्रहरी भ्यानले थाहा पाई ती गुण्ण्डाहरुलाई प्रहरी वृत्तमा लगेर राखिएको रहेछ ।

म घरमा नभएको बेला गुण्डागर्दी प्रयोग गरेर गरिएको अमानवीय आक्रमणबाट बचाई दिनुभएकोमा डिएसपी लम्सालज्यूलाई धन्यवाद दिन चाहन्छु । खगेन्द्र बोहराजस्तो विचौलियालाई प्रयोग गरी अदालतको नियमित प्रक्रियालाई समेत मिचेर नागरिकको सम्पत्तिमाथि जाईलाग्ने र कब्जा गर्ने बैंक र त्यो कर्तुतलाई अनदेखी गर्ने न्याय सम्पादनकर्तामाथि प्रेस जगतले नाङो पारी नागरिक सुरक्षा गर्न आग्रह गर्दछु ।

(शर्मा काठमाडौं महानगरपालिका वडा नम्बर-४ का स्थायी वासिन्दा हुन्।)



प्रतिक्रिया दिनुहोस्