Logo

भारतद्वारा सुर्यबहादुर थापा प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान  



काठमाडौं, १२ माघ । भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ/संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । आईतबार काठमाडौंस्थित् भारतीय दूतावासमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका अस्पताल, परोपकारी संघ संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरिएको हो ।

दुतावासले धनकुटा खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकामा सञ्चालन गर्नको लागि एम्बुलेन्स प्रदान गरिएको हो । सुर्यबहादुर थापा प्रतिष्ठानको नाममा निर्देशक सिद्धार्थ थापाले दुतावासबाट एम्बुलेन्सको साँचो बुझेका थिए ।



प्रतिक्रिया दिनुहोस्