Logo

कुष्ठरोगीको संख्या बढ्यो, के भयो निवारणको घोषणा ?



माघ १२, काठमाण्डौ । २०६६ साल मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो । तर अझै पनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन् ।

आर्थिक वर्ष २०७–७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो । आर्थिक वर्ष २०७४÷०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो । अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् ।

नयाँ मध्ये १४ वर्षमूनिका २६० जना विरामी छन् । नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन् । केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ विरामीको तह २ असमर्थता भएको विरामीको संख्या १५६ रहेको छ ।

केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ । अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ । नेपालमा वि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन् ।

६७ औं विश्व कुष्ठरोग दिवसका अवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको छ । त्यसैगरी कुष्ठरोगको नयाँ विरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमा असमर्थताको तह २ लाई शून्य बनाउने, सबै नयाँ निदान भएका कुष्ठरोगका विरामीहरुमा तह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानहरुलाई शून्य बनाउने लक्ष्य लिएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा किटाढाुसँग लड्न सक्ने क्षमता हुन्छ । सरकारले कुष्ठरोगको नियमित उपचार पुरा गरेपनि १ हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायात खर्च बाफत उपलब्ध गराउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्