Logo

लेसोथोका प्रधानमन्त्रीमाथि पत्नी हत्यामा अनुसन्धान



सन् २०१७ मा मारिएकी पत्नीको विषयमा लेसोथोका प्रधानमन्त्री थोमस थाबानेमाथि अनुसन्धान अगाडि बढाइएको छ । उनकी पत्नी लिपोलिओ थाबानेको हत्यामा अनुसन्धान अगाडि बढ्दा प्रधानमन्त्रीमाथि समेत सोधपुछ गरिएको छ ।

दक्षिण अफ्रिकाले घेरिएको भूपरिवेष्ठित देश लेसोथोमा यो घटनाले तरंग ल्याएको छ । ८० वर्षीय थोमसमाथि आफ्नै पत्नीलाई पदबहाली हुनुभन्दा दुई दिन अघि गोली हानी हत्या गरेको आरोपमा अनुसन्धान बढेको हो । दुवैबीच पारपाचुकेको प्रक्रिया बढेको थियो । ५८ वर्षीया लिपोलिओ घरबाहिर राजधानीमा मारिएकी थिइन् । लिपोलिओले पारपाचुके गर्न अस्वीकार गरेकी थिइन् । उनी लोसोथोको प्रथम महिला हुन चाहन्थिन् ।

थोमस थबानेले जेठी पत्नी मारिएको दुई महिनापछि ४२ वर्षीया मैसाइहासँग विवाह गरेका थिए । उनीमाथि पनि हत्याको अनुसन्धान भइरहेको छ । मैसाइहा विवादास्पद महिला हुन् । उनीमाथि लेसोथोको राजनीतिमा हस्तक्षेप गरेको आरोप लागिरकेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्