Logo

संखुवासभामा जन्मिएका जितु राईलाई पद्मश्री पदक



काठमाडौं, १२ माघ । संखुवासभामा जन्मिएका जितु राई भारतको चौंथो ठूलो पदक पद्मश्रीबाट सम्मानित भएका छन् । उनलाई भारतको गणतन्त्र दिवसका अवसरमा पद्मश्रीबाट सम्मानित गर्ने घोषणा भएको हो ।

राई पछि मात्र भारतीय नागरिक बनेका हुन् । उनी सुटिङका खेलाडी हुन् । १० मिटर एयर पेस्तोल र ५० मिटर एयर पेस्तोलमा भारतलाई पदक दिलाइसकेका छन् । गोर्खा राइफलको नायब सुवेदार राईले विश्व च्याम्पियनशिपमा समेत स्वर्ण जितेका छन् ।



प्रतिक्रिया दिनुहोस्