Logo

कोरोना भाइरस: चीनमा रहेका नपाली आत्तिए



बेइजिङ, माघ १३ । हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा चीनका विभिन्न ठाउँमा रहेका नेपाली आत्तिन थालेका छन् । सार्वजनिक यातायात, विश्वविद्यालय, भोजनालय, पर्यटकीय स्थलहरू बन्द गरिँदा र सतर्कता व्यापक बनाइँदा उकुसमुकुस हुन थालेको उनीहरूले बताएका छन् ।

कोरोना भाइरसका कारण मृतकको संख्या निरन्तर बढिरहेकाले स्थिति झनै जटिल बन्ने हो कि भन्ने चिन्ता यहाँ रहेका नेपालीमा देखिएको छ । मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले चिन्ता लिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् ।

वुहानको ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालय हस्ट अन्तर्गत थुङ्ची मेडिकल कलेजका सर्जन गौरव पोखरेलले चीनले जिम्मेवारपूर्वक ढंगले सतर्कता अपनाइरहेको बताए । ‘नेपालस्थित घरपरिवार र यहाँको कलेजसँग निरन्तर सम्पर्कमै छौं,’ उनले भने, ‘सरकारले स्वास्थ्यसम्बन्धी विवरण दिइरहेको छ, मास्क बाँडिएकै छ । चिन्तित हुनुपर्ने कुनै कारण छैन ।’ उनले विश्वविद्यालयको हाताभित्रै खानपिनका सामग्री पाइने सुपरमार्केट रहेकाले छात्रावासबाट बाहिर निस्किराख्नुपर्ने अवस्था नरहेको पनि बताएको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्