Logo

उत्तर कोरियाका नेता किम जङ अनकी फुपू छ वर्षपछि सार्वजनिक



काठमाडौं, माघ १३ । उत्तर कोरियाका नेता किम जङ अनकी फुपू छ वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन्। उनका पतिलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो।किम ग्युङ(ही उत्तर कोरियाका संस्थापक किम इल(सङकी छोरी तथा किम जङ‍(इलकी बहिनी हुन्।विश्वासघात गरेको आरोपमा उनका पति चाङ सङ(थेइकलाई मृत्युदण्ड दिइएपछि उनलाई बाहिर देखिएको थिएन।

आइतवार सरकारी सञ्चारमाध्यममा नयाँ वर्षको समारोहमा उनी सहभागी भएको देखिने एउटा तस्बिर सार्वजनिक गर्‍योउत्तर कोरियाली समाचारसंस्था केसीएनएले सार्वजनिक गरेको उक्त तस्बिरमा किम ग्युङ(हीलाई प्योङ्याङमा आयोजित एउटा कार्यक्रममा उत्तर कोरियाली नेता किम र उनी पत्नीसँगै बसेको देखिन्छ। उक्त कार्यक्रममा उपस्थित उच्च पदस्थ व्यक्तिको सूचीमा उनको नाम पनि समाविष्ट थियो।

उत्तर कोरियामा आयोजना हुने कार्यक्रमबारे समाचार सम्प्रेषण गर्ने एनके न्यूजका सम्पादक ओलिभर हदमले उनको उपस्थितिलाई आश्चर्यजनकु मानेका छन्।नेता किमसँगै उनलाई देखिनुले उनी पुनस् प्रभावशाली भएको र उनले सम्भवतस् सल्लाहकारको भूमिका पाएको सङ्केत गरेको हदमले बताए।बीबीसीका अनुसार एक दशकअघि भदाहा किम जङ(अनले सत्तारोहण गर्दा किम ग्युङ(ही र चाङ सङ(थेइक उत्तर कोरियाको राजनीतिमा महत्त्वपूर्ण पात्र थिए।



प्रतिक्रिया दिनुहोस्