Logo

सामाजिक सञ्जालले किम झमेलामा



काठमाडौं, माघ १३ । हलिउड टीभी स्टार किम कर्दासिया आफ्ना पति केन्ये वेस्टका साथ रोमान्टिक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकोमा झमेलामा परेकी छन् । बिनाअनुमति अरूले खिचेको तस्बिर पोस्ट गरेकोमा किमलाई कानुनी झमेला आइपरेको हो ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सइद बोल्डनले मुद्दा हालेका छन् । पोस्ट गरिएको किमको सो तस्बिरमा दुई मिलियनभन्दा बढी लाइक्स आएको छ ।फोटोग्राफर सइदको आरोप छ( किम दम्पतीले उक्त तस्बिर पोस्ट गर्ने अनुमति लिएको छैन, न उक्त तस्बिरको कुनै पारि श्रमिक नै दिइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्