Logo

मन्त्रीलाई असफल पार्न सचिवकै चलखेल



काठमाडौं, माघ १३ । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई असफल पार्ने खेलमा सचिव केदारबहादुर अधिकारी नै मरिमेटेर लागि परेको मन्त्री निकट स्रोत बताउन्छ । सचिव अधिकारीले मन्त्री भट्टराईलाई असफल पार्न खोजको पछिल्लो खेल नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी निर्देशकको नियुक्तिलाई लिइएको छ ।

पर्यटन बोर्डको सद्श्य सचिव विप्लप पौडेलको अध्यक्षतामा बोर्डका अर्काे सद्श्य कृष्णबहादुर महरा र मन्त्रालयका सचिव घनश्याम उपाध्याय रहेको सिइओ छनौट उपसमिती बनाइएको थियो । उपसमितीले विज्ञका रुपमा पर्यटन मन्त्रालयका पूर्व सचिव कृष्णप्रसाद सापकोटा र सागर पाण्डेलाई राखी नौ जना मध्येबाट डा. घनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको सिफारिस गरेको थियो ।

यी मध्ये रेग्मीलाई बनाउने दाउँमा मन्त्री थिए भने सचिव अधिकारी भने बोर्डकै निर्वतमान सिइओ दीपकराज जोशी र कर्मचारी काशी भण्डारीलाई नियुक्त गर्ने पक्षमा रहेका थिए । सचिव अधिकारीले चाहेका व्यक्ति छनौट प्रक्रियामा नपरेपछि उनी मन्त्रीको चाहानामा बाधक बनेका छन् । मन्त्रीले अगाडी सारेका उमेदबार नियुक्ति नगर्ने खेलमा अधिकारी लागेको साघु साप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्