Logo

सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण



काठमाडौं, १३ माघ । गायिका आस्था राउतले गत हप्ता सिक्किममा हंगामा मच्चाइन् । सिक्किममा आयोजित सांस्कृतिक कार्यक्रममा उनले हंगामा मच्चाएको बताएकी थिइन् ।

सिक्किम पुगेर कार्यक्रम नहुँदै सामाजिक सञ्जालमा भिडियोमार्फत् आफू आउने भएपछि सिक्किममा हंगामा मच्चिाएको बताएकी थिइन् । सिंगो सिक्किमप्रति आफ्नो आगमनको चासो र चर्चा रहेको बताइन् । झापाको भद्रपुरबाट काकडभिट्टा सीमा कटेर सिलगुढी हुँदै आस्था सिक्किम पुगेकी हुन् । सिक्किम जानका लािग भद्रपुरतर्फ प्रस्थान गर्दा त्रिभुवन विमानस्थलमा प्रहरीसँग उनको विवाद भएको थियो ।

आस्थाले ज्याकेट खोल्नुपर्ने विषयमा विवाद हुँदा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको र त्यसपछि सामाजिक सञ्जालमा भिडियो राखेर गालीगलौज गरेकी थिइन् । त्यसपछि उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । उनीमाथि सुरक्षाजाँचमा रहेकी महिला प्रहरी जवानले उजूरी गरेकी थिइन् ।
विमानस्थलको भिडियो फुटेज हेरेर महानगरीय प्रहरी रानीपोखरीले कारबाही प्रक्रिया अगाडि बढाउन टेकुस्थित परिसरलाई पत्र लेखेको थियो ।

टेकुले आस्थालाई प्रहरीमा हाजिर हुन भनेको थियो । प्रहरीले हाजिर हुन भनेपछि टेकु पुगेकी आस्थालाई नियन्त्रणमा लिएको थियो । अब उनलाई कारबाहीका लागि प्रक्रिया बढाइएको छ । आस्थामाथि अभद्र व्यवहारसम्बन्धित अभियोगमा म्याद थपको तयारी भइरहेको छ । अभद्र व्यवहारको म्याद जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले हेर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्