Logo

भोका कुकुरले टोकाएर पति मारिएको सात वर्षपछि देखिइन् किम इल सुङकी छोरी



उत्तर कोरियाका संस्थापक नेता किम इल सुङका छोरी किम कोङ हुई सात वर्षपछि सार्वजनिक रुपमा देखापरिन् । उनी सन् २०१३ यता सार्वजनिक रुपमा नदेखिएपछि संशय पैदा भएको थियो । उनी देशबाहिर गएकी वा मारिइन् भन्ने आशंका समेत भयो । कारण सोही वर्ष उनको पतिलाई क्रुरतापूर्वक फाँसी दिइएको थियो ।

चाङ सङ थेकलाई उत्तर कोरियाका शासक किम जोङ ऊनले धोकाधडी गरेको आरोप लगाउँदै विभत्स तरिकाले हत्या गर्न लगाएका थिए । उनलाई धेरै दिनदेखि भोकाएका दर्जनौं कुकुरले टोकाएर मारिएको खबरहरु बाहिर आएको थियो ।

थेक मारिएपछि सात वर्षयता उनकी पत्नी हुई सार्वजनिक कार्यक्रममा देखिइनन् । यसप्रति धेरै टिकाटिप्पणीहरु भए ।

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले सातवर्षपछि एउटा तस्बिर सार्वजनिक गर्यो जसमा हुई आफ्ना भदाहाको नजिकै बसेकी छिन् । किम र उनकी पत्नीको छेवैंमा ताली बजाइरहेकी महिलाको तस्बिर देखिन्छ । उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जस्तै अनुहार भएकी हुई कालो कोट र छोटो कपालकी छिन् । आँखामा चश्मा लगाएकी उनको अनुहारमा खुशीको भाव छैन । उनी भदाहाको साथमा स्टेज कार्यक्रममा देखिएकी हुन् ।

उत्तर कोरियाली नयाँ वर्ष मनाइरहेको भन्दै हुईको तस्बिर बाहिर आएको हो । हुई सार्वजनिक कार्यक्रममा वरिष्ठ उत्तर कोरियाली अधिकारीहरुको साथमा देखिनुलाई उनी पुनः शक्तिमा फर्किएको सन्देशका रुपमा लिइएको छ । एक दशकअघि हुई र उनका पति उत्तर कोरियामा निकै शक्तिशाली थिए । किम इल सुङकी दुई छोरा र एक छोरी थिए । जसमध्ये दुवै छोराहरु किम जोङ इल र चाङ सङ थेकको निधन भइसकेको छ ।

किम जोङ इलका चार पत्नीहरुमध्ये तीनजनाबाट छ सन्तान छन् । जसमध्ये जेठा किम जोङ नामको हत्या भइसकेको छ । नामलाई वर्तमान शासक किम जोङ ऊनले हत्या गर्न लगाएको विषय बाहिर आएको थियो ।-एजेन्सीको सहयोगमा Photo Source: Agencies



प्रतिक्रिया दिनुहोस्