Logo

बम हमलाको थ्रेटलगत्तै उडेको रुसी विमानको आकस्मिक अवतरण



बम हमलाको थ्रेटका कारण उडेको एक घन्टामै रुसी विमान प्रस्थान गरेको एयरपोर्टमै आकस्मिक अवतरण गर्न पुगेको छ । २६२ यात्रु र दशजना चालक दलका सदस्यसहित उडेको एरोफ्ल्ट फ्ल्याइटको विमानमा बम हमलाको सूचना आएपछि सोमबार आकस्मिक अवतरण गरिएको हो ।

रुसी समाचार संस्था तासका अनुसार खाबारोभ्स्कबाट मस्कोको लागि विमान उडेको थियो । तर, एक घन्टा आकाशमा रहेपछि विमान फर्काइयो । विमानमा तत्काल यात्रुलाई झारेर अनुसन्धान शुरु गरिएको थियो । एसयु-१७१३ विमानका यात्रुहरु सकुशल रहेको बताइएको छ ।- Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्