Logo

आस्था राउतको रात प्रहरी हिरासतमा



काठमाडौं, १३ माघ । अब आस्था राउतले प्रहरी हिरासतमा रात बिताउनुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको अभियोगमा अनुसन्धान गर्न उनलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

त्रिभुवन विमानस्थलकी सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको किटानी जाहेरी परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले डाकेको थियो । सिक्किममा व्यस्त हुन देश फर्किएपछि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यहाँ उनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको थियो ।

आस्थाले ज्याकेट खोल्नुपर्ने विषयमा विवाद हुँदा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको र त्यसपछि सामाजिक सञ्जालमा भिडियो राखेर गालीगलौज गरेकी थिइन् । त्यसपछि उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्