Logo

उपसभामुखमा कुन–कुन दलका आँखा



काठमाडौ, १३ माघ । सत्तासिन नेपाल कम्युनिष्ट पार्टीले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनएसँगै उपसभामुख पदबाट डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छिन् । उनको राजीनामापश्चात खाली रहेको उपसभामुख कुन दलले पाउने भन्ने रस्साकस्सी देखिएको छ ।

यसअघि एउटै गठबन्धनबाट चुनाव लडेपनि छुट्ठाछुट्ठै दल भएकाले तत्कालिन माओवादी केन्द्रबाट कृष्णबहादुर महरा सभामुख र तत्कालिन एमालेबाट शिवमाया उपसभामुख चयन भएका थिए । अहिले दुवै दलविच एकता भएकाले सत्तासिन नेकपाले उपसभामुख पदमा उम्मेदारी दिन नमिल्ने भएको छ । त्यसैकारण सत्तासिन नेकपासंग राष्ट्रिय सभामा सहकार्य गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) वा जनमोर्चामध्ये एकले उपसभामुख पद पाउने संम्भावना बढेको छ । साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले पनि उपसभामुखमा दाबेदारी गर्ने भएको छ ।

हालै मात्र सरकारबाट बाहिरीएपछि समाजबादी पार्टीको साथ कांग्रेसलाई रहेको छ । साथै उनीहरुले अन्य दललाई पनि आफ्नो गठबन्धनलाई तान्ने प्रयास गर्दै आएका छन् । त्यसकारण उपसभामुख पदमा सभामुख जस्तो सहजै उम्मेदार चयन र विजयी हुने देखिदैन । साथै उपसभामुख चयनको प्रक्रिया पनि लामै हुन सक्ने देखिन्छ ।

एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने नियमअनुसार नेकपाले उपसभामुख अरु दललाई दिन बाध्य हुनेछ । उपसभामुख पायने आशामा अन्य राष्ट्रिय दलहरु नेपाली कांग्रेस समाजवादी पार्टी र नेपाल राष्ट्रिय जनता पार्टी ले सभामुखलाई सापकोटालाई सर्मथन गरेका थिए संसदमा नेकपाको मत बलियो भएकाले उसले जसलाई दिन चाहान्छ त्यहि दलले उपसभामुख पाउने छ । ठुलो दलका हैसियतले काग्रेसले उपसभामुख मागिरहेका छन् ।

उपसभामुखमा राजपाले बाजी मार्नै संम्भावना बलियो देखिएको छ । नेकपाले राजपालाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेको राष्ट्रियसभा निर्वाचनमा यहि दुई दलबीच तालमेल भएकाले उपसभामुख राजपाले पाउने संम्भावना देखिएको हो । योे अनुमान किन पनि बल पुगेको छ भने नेकपाका तर्फबाट सभामुखमा सापकोटालाई चयन गर्नमा राजपाका लक्ष्मण कर्ण छन् । यति मात्र नभई राजपालाई त नेकपाले सरकारमै सहभागी गराउने प्रयास गरिरहेको छ । यद्यपी यसबारे दलहरुले सहमती गरिनसकेका राजपा नेता कर्णले बताएका छन् ।-साँघु साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्