Logo

राजसंस्था हाम्रो पार्टीको एजेण्डा होइन : अध्यक्ष जबरा (भिडियोसहित)



काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले राजसंस्था आफ्नो पार्टीको एजेण्डा नभएको दाबी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू गणतन्त्रको विरोधी नभएको पनि जिकिर गरे । फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले कुरा मिलेकोल नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्