Logo

देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध प्रदर्शन, काफ्लेको नेतृत्वमा आमरण अनशन



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक अझैसम्मपनि सुरु हुन सकेको छैन् । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा नेविसंघ कार्यकर्ताले हो–हल्ला र विरोध गरेपछि बैठक प्रभावित बन्न पुगेको हो ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीले पार्टी सभापति देउवाले विधान मिचेर नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै पार्टी कार्यालयकै ढोकाछेउ आमरण अनसन सुरू गरेका छन् ।पार्टी नेतृत्वबीच नेविसंघमा एक सय २७ सदस्यीय तदर्थ समिति बनाउने सहमति भैसकेको छ ।

पार्टी भापति देउवाको बुढानिलकण्ठस्थित् निवासमा भएको शीर्ष नेताहरुबीचको छलफलमा यस्तो सहमति बनेको थियो । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार राजीव ढुंगानाको नाम नेविसंघ तदर्थ समितिको सभापतिमा प्रस्ताव गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्