Logo

कोरोना भाइरसबाट मर्नेको संख्या ८१ पुग्यो, नेपालमा पनि थपिए विरामी



काठमाडौं, १३ माघ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मर्नेको संख्या ८१ पुगेको छ । सोमबार साँझसम्म मर्नेको संख्या ८१ पुग्दा विश्वभर संक्रमितको संख्या २७ सय पुगेको छ ।

चीनको वुनान क्षेत्रबाट फैलिएको रोग अन्य क्षेत्रमा समेत फैलिएको छ । नेपालमा पनि गत हप्ता संक्रमित एकजना फेला परेकोमा थप रोगी देखापरेका छन् । चीनबाट आएकाहरुमा रोगको संक्रमण फेला परेको हो । अहिलेसम्म वुआनमा मात्र संक्रमितको मृत्यु भएकोमा अन्य क्षेत्रमा पनि रोगीको मृत्यु भएको छ ।
चीनबाहेक अन्य देशमा संक्रमितको मृत्यु भएको रिपोर्ट आएको छैन । तर, संक्रमण अन्य देशमा समेत देखापरेको छ । चीनबाहेक नेपाल, थाइल्यान्ड, जापान, अमेरिका, ताइवान, भियतनाम, सिंगापुर, मलेशिया, फ्रान्स क्यानडा र अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

गत वर्षको अन्ततिर चीनले निमोनियाबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । वुआन क्षेत्रको समुन्द्री खाना पाउने बजार बन्द गरियो । त्यसको केही दिनमा कोरोना भाइरस प्रमाणित भई ११ जनवरीमा मानिसको मृत्यु भएको खबर सार्वजनिक भयो ।



प्रतिक्रिया दिनुहोस्