Logo

कांग्रेस केन्द्रीय समिति बैठक : १४औं महाधिवेशन २०७७ फागुन ७-१० गतेसम्म गर्ने निर्णय



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि फागुन १० गतेसम्म गर्ने निर्णयलाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूह र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको उपस्थितिमा आजको बैठकले उक्त निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार बैठकले क्रियाशील सदस्यता छानविनका लागि सात सदस्यीय समिति पनि गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, आजको बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको शर्माले सुनाए ।
उक्त बैठकमा महाधिवेशन प्रयोजनार्थ निलम्बन गरेका विधानका धाराका बारेमा छलफल गरिने केन्द्रीय सदस्य गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्