Logo

कांग्रेस पार्टी कार्यालयमा १२ ट्रक प्रहरी परिचालन, शीर्ष नेताहरु अझै छलफलमा



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय मुख्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरु झपडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सो तनावलाई र सुरक्षा अवस्था मजबुद बनाउनको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी कार्यालयमा कम्तिमा पनि १२ ट्रक प्रहरी परिचालन गरिएको बुझिएको छ ।

नेविसंघ तदर्थ समिति गठन गर्ने निर्णयलाई लिएर सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला तीन समूहका विद्यार्थीहरुबीच मतविभेद छ । सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्लेले विधानबमोजि तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै पार्टी मुख्यालयमा आमरण अनशन थाल्ने चेतावनी दिएका छन् ।

नेविसंघ सभापति बन्नलाई ३२ वर्षको उमेर हद तोकिएको छ । गएको शुक्रबार बसेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले १२७ जनाको तदर्थ समिति बनाउने निर्णय गरेको थियो । शीर्ष नेताहरु पार्टी कार्यालयमा प्रवेश गर्दैगर्दा नेविसंघका नेता तथा विद्यार्थीहरुले विरोध तथा नाराबाजी गरेका थिए । सभापति शेरबहादुर देउवा प्रवेश गर्दा त उनको नाम लिएर चर्को नाराबाजी गरिएको थियो ।

देउवा पक्षधर विद्यार्थीहरुले पनि सिटौला समूहको विद्यार्थीको नाराबाजी र विरोधलाई प्रतिकार गरेको थियो । दुवै पक्षबीच झडप हुँदा पार्टी कार्यालय रणमैदानमा प्रवेश भएको थियो । स्थिति अनियन्त्रित भएपछि प्रहरीलाई बोलाईएको थियो । बाहिर विद्यार्थी नेता तथा विद्यार्थीहरुको झडप र नाराबाजी भैरहँदापनि भित्र भने शीर्ष नेताहरुको बैठक जारी छ । file photo



प्रतिक्रिया दिनुहोस्