Logo

शिवमायाले भनिन् : पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु



काठमाडौं, १३ माघ । पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने स्पष्ट पारेकी छिन् । दोलखा पुगेका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

उनले उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने जानकारी दिईन् । आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उनको भनाई छ । file photo

 



प्रतिक्रिया दिनुहोस्