Logo

किन विष्णुले वृन्दालाई छल गरे



हिन्दु धर्म शास्त्र अनुसार प्राचीनकालमा जालन्धर नामको दानव थियो । उसले सारा पृथ्वीमा आतंक मचाएको थियो । देवराज इन्द्रको पराजय गराई उनको सिंहासन आफ्नो कब्जामा पारेको थियो । उसको शक्तिका सामु देवताहरुको शक्ति टिक्दैन्थ्यो । उसलाई मार्न असम्भव थियो । जब भगवान महादेवले यो कुराको जानकारी पाए त्यसपछि महादेब जालन्धरसँग युद्ध गर्न थाले ।

पुराणका अनुसार महादेवलाई जालन्धर राक्षसको मार्नका लागि भगवान विष्णुको आवश्यकता थियो । त्यस समय देवराज इन्द्र र अन्य देवता, ऋषिमुनी लगायत भगवान विष्णु समक्ष पुगे तब भगवान विष्णुले जालनधर राक्षसको वीरताका राज बताउँदै भने उसकी पत्नी वृन्दाका पतिव्रता धर्म भएकै कारण उसको पराजय गर्न हामी असमर्थ छौँ । जबसम्म वृन्दाको पतिब्रता धर्म नस्ट हुँदैन तवसम्म हामी जालन्धरसँग डराउनुपर्छ । दिनदिनै उसको अत्याचार बढ्दै गएपछि भगवानले धेरै सोच विचारका साथ वृन्दाका पतिब्रता धर्म नस्ट गर्ने निर्णय लिए । उनले वृन्दालाई छल्नका लागि जालन्धरको नक्कली शवलाई उनको घरको ढोका अगाडी पछारिदिए ।

छलका कारण वृन्दालाई त्यो शव आफ्नो पतिको जस्तो लाग्यो । आफ्नो पतिको मृत्यु भएको थाहा भएपछि मृत शरीरको पाउँमा परी रुन थालिन् । त्यही समयमा एक साधु उनको नजिक आएर भने छोरी यति धेरै दुखि नहोऊ म यो मृत शरीरमा श्वास हालिदिन्छु । साधुले शरीरमा श्वास हालिदिए ।

तर, ती भगवान विष्णु हुन्छन् । भावविवहल हुँदै वृन्दाले त्यस शरीरलाई आफ्नो स्वामी मानेर घरभित्र लैजान्छिन् । त्यस रात भगवान विष्णुले वृन्दाको पतिब्रता धर्म नष्ट गर्न सफल हुन्छन् । उता वृन्दाका पति जालन्धर देवताहरुसँग युद्ध गरिरहेको थियो । वृन्दका सतित्व नस्ट हुने वित्तिकै जालन्धर कमजोर भयो । पत्नीको सतित्वले कसैले मार्न नसक्ने भएको ऊ युद्धमा मारियो । छलकपट गरी आफ्नो पतिब्रता धर्म नस्ट गर्ने विष्णु भन्ने थाहा पाएपछि वृन्दाले विष्णुलाई सराप दिइन् ।



प्रतिक्रिया दिनुहोस्