Logo

एनआरएनए अध्यक्ष पन्तले भेटे प्रधानमन्त्री ओलीलाई



कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति प्रधानमन्त्री ओलीको विशेष चासो

काठमाडौं, १३ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आईतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पन्तले भेटवार्ता गरेका हुन् । उक्त भेटवार्ताबारे आफ्नो फेशबुकमा जानकारी गराउँदै पन्तले एक घण्टा भेटवार्ता भएको उल्लेख गरेका छन् ।

अध्यक्ष पन्तले लेखेका छन्,”करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भयो । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराइएको छ । साथै, दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको छ । हाम्रा चासो र सरोकारप्रति उहाँले आफू सकारात्मक रहेको बताउनुभएको छ ।”

त्यस्तै, उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति प्रधानमन्त्री ओलीले विशेष चासो राखेको पनि जानकारी गराएका थिए । त्यसमा नीतिगत सहजताका निम्ति सघाउने पनि प्रधानमन्त्रीले वचन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्