Logo

यसकारण पूजिन्छ शिवलिंग



शिवलिंग पूजिने विषयमा फरक फरक विश्वास रहेको छ । हिन्दु धर्मग्रन्थले शिवलिंग पतन भएका ठाउँमा मन्दिर स्थापना गरी पूजा गरिने प्रचलन रहेको उल्लेख गरेका छन् ।

शिवलिंग पुरुष जैनेन्द्रिय आकारको हुन्छ । लिंग आकारलाई पूजा गर्नुको विशेष कारण पनि छ । यसमा कतिपय मिथक पनि छन् । जसमध्ये सतीदेवीले प्राण त्यागेपछि शिव नग्न रुपमा भौतारिएको विषय समेत छ । नग्न शिवलाई देखेर ऋषिपत्नीहरु आकर्षित भएर उनको पछि लागे । यो देखेर ऋषिहरुले लिंग पतन होओस् भनेर श्राप दिए ।

ऋषिमुनीको श्रापले शिवको लिंग पतन भयो । जहाँ जहाँ पतन भयो त्यहाँ त्यहाँ शिवलिंग बन्यो । शिवको लिंग पतन भएको स्थानहरुलाई पवित्र मानेर पूजा गर्न थालियो ।

शिवलिंगलाई नै शिवको स्वरुप मानिन्छ । यसको विशेष महत्व छ । हिन्दु धर्ममा लिंगलाई पनि सकारात्मक रुपमा मानेर पूजा गर्ने प्रचलन छ । यो हिन्दु धर्मको सकारात्मक पक्ष हो जुन संसारको कमै र्धममा पाइन्छ । Source: wikipedia



प्रतिक्रिया दिनुहोस्