Logo

कालो वर्णका देवीदेवता



हिन्दु धर्ममा कालो रंगको विशेष महत्व छ । कालोलाई श्याम पनि भनिन्छ । शक्तिशाली देवी देविताको स्वरुप कालो छ ।

काली देवी शक्तिको स्वरुपमा हुन् । काली डरलाग्दो र भयंकर रुप पनि हो । कालीले असुर रक्तबीजको बध गरिन् । उनलाई नियन्त्रण गर्न मुश्किल परेपछि भगवान शिवले लम्पसार परेर सुतिदिए । शिव लम्पसार परेर पाउ नजिक देखेपछि बल्ल काली नियन्त्रणमा आइन् । काली नारी शक्ति पनि हुन् । हिन्दु धर्मले यसकारण पनि नारीको शक्तिलाई मानेको छ ।

भगवान कृष्ण पनि कालो वर्णका हुन् । कृष्णलाई श्याम पनि भनिन्छ । श्यामको अर्थ कालो हो । कालोको विशेष महत्व यसकारण पनि छ ।
शिव पनि श्याम वर्णका हुन् । शिव अवतार कालो मानिएको छ । शक्तिशाली भगवानको अवतार कालो वर्णको मानिनुले हिन्दु धर्मले कालो रंग या वर्णको सम्मान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्