Logo

मिडिया काउन्सिल विधेयक पारित



काठमाडौँ, १४ माघ । मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ ।

यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि मन्त्रालयको समिति अनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारित गरेको हो ।
समितिबाट पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रतिनिधि सभामा पेस हुनेछ । दुवै सदनबाट पारित भई प्रमाणीकरण भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।

समितिबाट पारित विधेयक अनुसार अब पत्रकारका रूपमा काम गर्न चाहनेले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्था विधेयकले गरेको छ । हाल पत्रकारिता गरिरहेकाको हकमा यो व्यवस्था लागू हुनेछैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्