Logo

फेरि वर्षा र हिमपातको सम्भावना



काठमाडौं, १४ माघ । देशको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्युन चापीय प्रणालीको प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशको पश्चिमी भू भागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भू भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । आज दिउँसो पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

। बुधबार र बिहिबार पनि देशका केही भू-भागहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशमा केही दिन पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहनेछ ।-Photo Source: mfd



प्रतिक्रिया दिनुहोस्