Logo

चीनबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ



काठमाडौं, माघ १४ ।सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ। भ्रमण वर्षको लक्ष्य प्राप्तिमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई नोवेल कोरोना भाइरस महँगो साबित हुने देखिन्छ। चीनको वुहान लगायत केही प्रान्तमा उक्त भाइरसको संक्रमण बढेसँगै त्यहाँको सरकारले आम नागरिकलाई आन्तरिक भ्रमणमै रोक लगाइसकेको छ।

गत वर्ष भारतका केही सहरमा फैलिएको विषालु हावाले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा प्रभाव परेको थियो। सरकारले मुलुकमा नोवेल भाइरसको संक्रमण आउन नदिन प्रवेशको केन्द्रबिन्दु मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेषसर्तकता अपनाउन आग्रह गरेको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रकोप र नेपालको तयारीबारे छलफल गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने पर्यटकमा भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। चीन लगायत कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउने जहाजलाई अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न र त्यस्ता जहाजलाई छुट्टै पार्किङको व्यवस्था मिलाउनसमेत भट्टराईले निर्देशन दिएका छन्।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्