Logo

सभापति देउवालाई नै कारबाही गर्ने कांग्रेस अनुशासन समितिको तयारी (भिडियोसहित)



काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवामाथि अनुशासनको कारबाही गरिने बताएका छन् । देउवाले अनुशासनको उल्लंघन गरेको भन्दै समितिले उनलाई कारबाही गर्ने तयारी गरेको गुरुङले जानकारी दिए । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी कार्यालयमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको विरोध तथा प्रदर्शनलाई ताण्डव नृत्यको संज्ञा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्