Logo

नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रिय कमिटीको एजेण्डा तय गर्ने



काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठक अघि सचिवालयको बैठक बस्न लागेको हो । केन्द्रिय कमिटीको एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

स्थायी कमिटीको बैठकका निर्णयलाई नै परिस्कृत गरेर केन्द्रिय कमिटीमा छलफल गर्न लागिएको ज्ञवालीले बताए । नेकपाको केन्द्रीय समिति बैठक भोलि माघ १५ गते सुरु हुँदैछ । त्यसअघि मंगलबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा अनुमोदन गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । नेकपाको केन्द्रिय कमिटी जम्बो भएकोले पार्टी मुख्यालय धुम्बाराहीमा सदस्यहरु अट्दैनन् । त्यही भएर बैठक राष्ट्रिय सभाको हलमा गर्न लागिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्