Logo

रुपन्देहीमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते



रुपन्देही, १४ माघ । ट्रक एकापसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् ।

मृतकको पहिचान हुन सकेको छैन । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेज र भिम अस्पतालमा उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । PHOTO SOURCE: NRN



प्रतिक्रिया दिनुहोस्