Logo

एमसिसीबारे डा. भट्टराईको टिप्पणी : पार्टीभित्र यसबारेमा गुट देखिनु सुखद होईन



काठमाडौं, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग एमसिसीबारे गहन छलफल हुनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एमसिसीमा पार्टी्भित्रको गुट देखिनु सुखद नहुने टिप्पणी गरे ।

उनले भने,‘एमसिसीमा राष्ट्रिय कोणभन्दा पनि गुटभित्रको द्वन्द्व आउनु सुखद विषय होइन। यस्तो विषयमा गहन छलफलको नीति हुनुपर्छ।’ उनले सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै भट्टराईले सफलताको शुभकामनासमेत व्यक्त गरे उनले भने,‘विश्व ईतिहाँसकै कान्छो संविधानसभामा । सर्वसम्मतीमा सभामुख चयन हुनुभएकोमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्न चाहन्छु । व्यक्तिगत रुपमा पनि प्रश्नता व्यक्त गर्न चाहन्छु । झण्डै २५ वर्षदेखि सँगै निरन्तर काम गरेको थिएँ । उहाँको बौद्धिकता, त्याग र समर्पणको भावले काम गर्ने कुशल व्यक्ति हो । यी गुणहरु यहाँ झल्किनुपर्छ । म शुभकामना व्यक्त गर्न चाहन्छु ।’

उनले संसद प्रतिपक्षीको भएको सुनाउँदै भने,‘संसद प्रतिपक्षकै हो। दमन्नाथ ढुंगानाले भनेर मात्र होइन अन्य मुलुकका पनि अहिले लाइभ संसद बैठक हेर्न मिल्छ, संसदमा प्रतिपक्षले प्राथमिकता पाउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्