Logo

संसद बैठक स्थगित्, अर्को बैठक माघ १७ गते



काठमाडौं, १४ माघ । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते बस्नेगरि स्थगित् भएको छ । नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिन बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतले सभामुखलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्