Logo

रामचन्द्र पौडेलको स्पष्टीकरण : म निहुँ खोज्ने मान्छे होईन, मध्यमार्गी नेता हुँ



काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई मध्यमार्गी नेताको रुपमा चित्रण गरेका छन् । उनले भने,‘पार्टीमा म निहुँ खोज्ने मान्छे मात्र होईन । म त मध्यमार्गी नेताको रुपमा कहलाएको छु । अहिले पनि निहुँमात्र खोजेको छैन् ।’

आज नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ, अहिलेपनि त्यही भूमिका मैले खेलिरहेको छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्