Logo

आस्था राउत आजै रिहा हुने



काठमाडौं, १४ माघ । महिला प्रहरीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत आजै रिहा हुने भएकी छिन् ।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार हिजो समय नभएकोले एक रात हिरासतमा राख्नेपरेको भएपनि आज भने उनलाई रिहाई गरिनेछ । राउत हिजोमात्रै प्रहरीको सम्पर्कमा आएकी थिईन् । उनी आफ्नो मामा र काकाका साथमा प्रहरी कार्यालय पुगेकी थिई्न् ।

राउतविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा आजै अभियोग पत्र दर्ता गरिसकेको छ । प्रहरीले आफ्नो अनुसन्धानपछिको रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दायर गरिएको हो ।

यो सँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको छ। सिडिओले थुनछेकको बहसपछि धरौटीमा छाड्ने आदेश दिने बुझिएको छ । राउतलाई सामान्य धरौटीमा छोड्न सकिने स्रोतको दाबी छ ।

file photo



प्रतिक्रिया दिनुहोस्