Logo

अफ्रिकाकी धनाढ्य महिलाले अंगोलालाई कसरी लुटिन्



अफ्रिकाको सबैभन्दा धनी ला इजाबेल डास सेन्टोसले आफ्नो देश दोहन गरेर अर्बपति भइन् । अंगोलाको ३८ वर्षसम्म राष्ट्रपति रहेका जर्ज एडवाडु डस सन्टोसकी छोरीले संदीग्ध ‘सौदा’ गरेर बहुमुल्य सम्पति किन्ने अनुमती पाएकी थिइन् । यो कुरा हालै लिक भएको उनको दस्तावेजले स्पष्ट भएको हो । यद्यपी इजाबेलले आफुमाथि लागेको आरोप झुटो भएको बताएकी छिन् । उनले अंगोलामा सरकारले आफूमाथि प्रतिशोध साँधेको उनको आरोप छ ।

इजावेल यतिबेला बेलायतमा बसोबास गर्छिन । मध्य लन्डनमा उनको बहुमुल्य सम्पत्ति छ । इजावेलले दुई अर्बभन्दा बढी सम्पत्ति छ । यति धरै सम्पत्ति उनीसँग कसरी आयो ? यदि यसको स्रोत खोज्ने हो भने अंगोलामा पुग्न जरुरी छ । दक्षिण अफ्रिकामा रहेको अंगोलाका सभ्यता १० दृखि हजार वर्ष पुरानो हो । किम्बुडु भाषमा अंगोलाको अर्थ राजा हुन्छ । वर्तमानको अंगोला राष्ट्र कुनैबेला कंगो साम्राज्यको एक भाग थियो । अंगोला प्राकृतिक संशाधनले भरिएको छ । यो समाचार जब युरोप पुग्यो त्यसपछि पोर्चगलको आँखा त्यही गाडियो । १६औ शताब्दीमा पोर्चुगलले लुआन्डालाइ आफ्नो उपनिवेश बनायो । लुआन्डा यतिबेला अंगोलाको राजधानी हो ।

अंगोलाको स्वतन्त्रता आन्दोलन अन्य अफ्रिकी देशको स्वतन्त्रता आन्दोलनसंग जोडिएको छ । अफ्रिकामा स्वतन्त्रताको आन्दोलन ६० को दशकमा सुरु भएको थियो । अंगोला, मोजाम्बिक, गीनी, बिसाउ जस्ता देश पोर्चुगलको कब्जामा थियो । संसारको शक्तिशाली भनेका पोर्चुगली हुन् । उनीहरुसंग टक्कर लिने भने अरु कोही छैन भन्ने भ्रम त्यहाँको जनतामा छरिएको छ ।

अफ्रिकाको केही देशमा भारतको राजदुत भइसकेका दिपक बोहोराले रहस्यमय कुरा अगाडी ल्याए । सन् १९६१ डिम्बरमा गोवाका जनताले पोर्चुगल विरुद्ध आन्दालन तिव्र बनाएको बेला उनको यस्तो प्रतिक्रिया आएको थियो । उनले भने ‘हिन्दुस्तानीले गोवामा पोर्चुगलीलाई पराजित गरी सेनाले आत्मसर्मपण गरेको खबर अंगोलामा सनसनी फैलियो । जब आधुनिक अंगोलाका राष्ट्रपिताको रुपमा परिचित अगस्टिनो नेटासंग मेरो भेट भएको थियो ।त्यसैबेला उनले भनेका थिए , ‘भारतीयहरुले पोर्चुगलको विरुद्ध जे गरेपनि त्यसले हामीलाई प्रेरणा मिलेको थियो ।’ त्यसबेला पोर्चुगलमा सलाजारको सरकार थियो जोएक सैन्य तानाशाह सरकार थियो । त्यो सरकार निर्दयी रुपमा प्रस्तुत भयो । अंगोलामा जब स्वतन्त्रताले आन्दालनले जब हिंसात्मक रुप लिन थालेपछि पार्चुगोलीहरु छोडर भाग्न थाले ।

सन् २०७५ मा अंगोला पार्चुगलबाट स्वतन्त्र भयो । अगस्टिन नेटोका ‘पपुलर मुभमेन्ट पर द लिबरेशन अफ अंगालो’ वा पिएमएलएको महत्वपुर्ण भुमिका रह्यो । स्वतन्त्रपछि पिएमएलएका नेता अगनिस्टो देशको राष्ट्रपति बने । उनी समाजवाद र माक्र्सवादमा झुकाव राख्थे ।

पुर्वराजदुत बोहोरा भन्छन्, ‘यहि झुकाबका कारण केही पश्चिमी देशहरुलाई यति धेरै प्राकृतिक संशोधन भएको मुलुकमा प्रवेश गर्न पाइँदैन । त्यसपछि उनीहरु झन् बढी शक्तिशाली भए । संयुक्त राष्ट्रसंघ, दक्षिण अफ्रिका र केही युरोपियन देशले अगस्टिनाको विरोध गरे ।’

देशको मुख्य शहर भन्दा बाहिर विद्रोहीले कब्जा गरिरहेका थिए । नेटो सोभियत संघका सर्मथनमा थियोे । त्यसबेला क्युवा पनि सक्रिय थियो । त्यसैकारण अंगालोमा शितयुद्ध मैदान बनिसकेको थियो । अफ्रिकामा असीको दशकमा केही महत्वपूर्ण घटना भयो, जसको ठुलो प्रभाव अंगालोमा पर्यो । अंगालोको सबैभन्दा नजिकको मित्र सोभियत संघ फुट्यो । यसका साथै अगस्टिनो नेटोका मस्कोमा क्यान्सरबाट मृत्यु भयो । नेटोकोे मृत्यु पछि जार्ज एडवाडु राष्ट्रपति बने । किनभने पार्टीमा उनकोे स्थान २ नम्बरमा थिए । उनी प्रशिद्ध गुरिल्ला कमान्डर थिए । उनी ३८ वर्षसम्म राष्ट्रपति बने । यद्यपी देशमा विद्रोेहीसंग गृहयुद्ध चलिरहेको थियो । सन् २००२ मा विद्रोही नेता जोनस साविन्बीको मृत्युपछि युद्धविराम लागु भयो ।

कस्तो थियो अर्थव्यवस्था

२ प्रतिशत अंगोलाका नागरिक विलासितामा जीवन बिताइरहेका थिए । त्यस्तो विलासी जीवन अमेरिकामा र युरोपका धनाढ्यले पनि बिताएका थिएनन् । २.९ करोड जनसख्या भएको देशमा ९० प्रतिशत जनता गरिबीको रेखामुनी थिए । उनीहरु दैनिक दुई डलर पनि कमाउँदैनथे । अंगालो अफ्रिकाका दोस्रो ठुलो तेल उत्पादन गर्ने देश हो । विद्रोहीहरुले हिराको पैसामार्फत आन्दोलन चलाईरहेका थिए । हिराकै माध्यमले कंगो, रुवान्डा जस्ता अफ्रिकी देशहरुमा विद्रोही आन्दोलन देखिएकौ थियो । हीरा बेचेको पैसाले नै उनीहरु हतियार किन्थे ।

बीबीसी प्यानोमाको सात लाख सार्वजनीक भएको दस्तावेजबाट स्पष्ट हुन्छ इजाबेलले तेल र हीराको बारोवारबाट अरबौ कमाइरहेकी थिइन् । त्यसैबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । इजाबेलका बारेमा यो खोजबिन इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जनलिस्टले गरेको थियो । इजावेलले अंगालोको सरकारी तेल कम्पनि सोनागोलको माध्यमबाट पैसा कमाएकी थिइन् । उनका पिताले सन् २०१६ मा तेल कम्पनिको नेतृत्व इजावेललाई दिएका थिए । यस विषयमा दिपक बोहोरा भन्छन्, अफ्रिकामा यस्तो हुन्छ, प्राइभेट कर्पोरेशनले सरकारी संगठन आफ्नो कब्जामा लिन्छन् । योे अफ्रिकाको लागी दुर्भाग्य होृ । इजावेलले सन्टोसले पनि यहि गरेका थिए । उनी सानदार व्यक्तित्वका धनी हुन् , उनका पिता भ्रष्टाचारका सुंलग्न थिए । उनीहरु दुवै मिलेर लुट मच्चाएका थिए ।

देशमा एक पार्टी प्रणाली

अंगोलामा एक पार्टी प्रणाली छ । स्वतन्त्रतापछि पीएमएलए सत्तामा पुग्यो । ंजसको झुकाव बामपन्थी थियो । रुस र चिनसँग नजिक भएकाले उक्त पार्टी बामपन्थी बनेको हो । पिएमएलएको विरोध गर्ने पार्टीहरु पछि गएर उसैसँग मिल्छन् । त्यसलाई लुटेराको गठबन्धन भनेर टिप्पणी गरिन्थ्यो । सेप्टेम्बर २०१७ मा जर्ज एडवाड डस सेन्टोसलाई पदबाट हटायो । त्यसपछि जोआओ लरेन्कस नयाँ राष्ट्रपति बने । नयाँ सरकारले इजाबेलविरुद्ध छानविन गर्ने बताइएके छ । अंगोलाले उनको सम्पति जफत गरिसकेको छ । तेल , हिरा मात्र होइन , कृषि पनि अंगालोको अर्थव्यस्थामा संलग्न छ । अंगालोको जमिन उब्जाउ हुनुका साथै पानी सहजै उपलब्ध हून्छ ।यति हुदाँहुदौ पनि त्यहाँ कृषि उद्योग फस्टाउन सकेको छैन । (यो लेख तरुण साप्ताहिकबाट साभार गरिएको हो)



प्रतिक्रिया दिनुहोस्