Logo

कोरोना भाइरसका कारण चीनबाट आउने विमानलाई छुट्टै पार्किङ



काठमाडौं, १४ माघ । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को आयोजना गरेको छ । भ्रमण वर्षको लक्ष्य प्राप्तीमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई कोरोना भाइरस मंहगो सावित भएको छ । चीनको बुहान लगायत केही प्रान्तमा उक्त भाइरसको संक्रमण बढेसंँगै त्यहाँका सरकारले आम नागरिकको भ्रमणमै रोक लगाइसकेको छ ।

गत वर्ष भारतका केही शहरमा फैलिएको विषालु हावाले अन्र्तराष्ट्रिय पर्यटकको आगमनमा प्रभाव परेको थियो । सरकारले मुलुकमा नोवेल भाइरसको संक्रमण आउन नदिन प्रवेशको केन्द्रबिन्दु मानिएको त्रिभुवन विमानस्थलबाट विशेष सर्तकता अपनाउन आग्रह गरेका छ । सोमबार सांस्कृतिक तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र हवाई उद्योग संघसंग सम्बन्धित निकायलाई निर्देशन दिनै प्रकोप र नेपालको तयारी बारे छलफल गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले देशको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकमा भाइरस देखिन सक्ने संभावना भएकाले उच्च सर्तकता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । चीन लगायत कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउने जहाजलाई अन्य यात्रुसँग सम्र्पक नहुने गरी व्यवीथापन गर्न र यस्ता जहाजलाई छुट्टै पार्किङको व्यवस्था मिलाउन समेत भट्टराईले निर्देशन दिएका छन् ।-नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्