Logo

बेल्जियमका पूर्व राजा अल्बर्टको गोप्य सम्बन्धबाट छोरी जन्मिएको पुष्टि



बेल्जियमका राजा अल्बर्ट द्धितीयले एक महिलाले गरेको दाबीलाई लामो समययता अस्वीकार गर्दै आएका थिए । बेल्जियमकी चित्रकार डेल्फिन बोयलले अल्बर्ट आफ्नो बाबु भएको दाबी गर्दै आएकी थिइन् । तर, पूर्व राजाले यसलाई वर्षौं देखि स्वीकार गर्दै आए ।

पूर्व राजा अल्बर्टमाथि डिएनए टेष्टको दबाब बढ्यो । त्यसपछि उनले बोयल आफ्नै छोरी भएको स्वीकारेका छन् । सोमबार पूर्व राजाले छोरी स्वीकारेपछि बोयलले सहज महशुश गरेकी छिन् । बोयल पूर्व राजाको बारोनेस सिबिली डी सेलिस लंगच्याम्पससँगको गोप्य प्रेमसम्बन्धबाट जन्मिएकी चौंथो सन्तान हुन् । उनको रानी पाओलोबाट तीन सन्तानको जन्म भएको थियो । ८५ वर्षीय पूर्व राजाले डिएनए टेष्ट गर्न अस्वीकार गरेको भए उनी जरिवानामा पर्नसक्थे ।

सन् १९९९ मा अल्बर्टको गोप्य सम्बन्धबाट जन्मिएको बच्चा भएको चर्चा चलेको थियो । अल्बर्टको पत्नीको भनिएको एउटा आत्मकथामा यसबारे उल्लेख थियो । सन् २००५ मा पहिलोपटक बोयरले आफू पूर्व राजाकी छोरी भएको खुलासा गरिन् । बोयरकी आमा लंगच्याम्पससँग अल्बर्टको सन् १९६६ देखि १९८४ सम्म सम्बन्ध थियो । त्यतिबेला पूर्व राजा अल्बर्ट राजकुमार थिए । आफ्ना दाजुको निधनपछि अल्बर्ट १९९३ मा राजा भए । सन् २०१३ सम्म राजा भएका उनले छोरा फिलिपका लागि गद्दी त्यागेका थिए ।

गद्दी त्यो केही समयपछि नै बोयरले पूर्व राजामाथि मुद्दा दायर गरिन् । जुन सात वर्षयता चल्दै आयो । अन्तमा अल्बर्टले छोरी स्वीकार गरेपछि यसले नयाँ मोड लिएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्