Logo

धनन्जय रेग्मी पर्यटन बोर्डको कार्यकारी अधिकृत



काठमाडौं, १४ माघ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । उनलाई चार वर्षका लागि पर्यटन बोर्ड संचालक समितिले मंगलबार सिइओमा नियुक्त गरेको हो ।

बोर्डको सिइओ बन्न १७ जनाले आवेदन दिएकोमा रेग्मी छनोट भएका हुन् । बोर्डले १८ मंसिरमा सिइओका लागि आवेदन माग गरेको थियो ।

तीन चरण गरी छनोट गर्दा रेग्मी अन्तिम चरणमा १७ प्रतिष्पर्धीलाई उछिन्न सफल भएका थिए । पहिलो चरणमा १७ जनामध्येबाट नौ जना, दोस्रो चरणमा तीन जनाको नाम सिफारिश हुँदा उनी छनोट भएका हुन् । पर्यटन बोर्ड संचालक समितिले अन्तिम चरणमा छनोट गरेका रेग्मी वैज्ञानिक हुन् । उनी हिमाली क्षेत्रबारे अनुसन्धान गर्दै आएका थिए । जापानबाट विद्यावारिधी गरेका उनले कञ्चनजंघा क्षेत्रको वातावरणबारे शोधपत्र तयार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्