Logo

नेकपा केन्द्रीय कमिटी बैठक भोलि, सचिवालयले तय गर्यो बैठकका एजेण्डाहरु



काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले भोलिबाट सुरु हुने केन्द्रिय कमिटीको बैठकका एजेण्डाहरु तय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन् ।

उनकाअनुसार केन्द्रीय कमिटी बैठकका एजेण्डाहरूमा सहिदहरूप्रति श्रद्धाञ्जली, बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली, राजनीतिक प्रतिवेदन प्रस्तुति ( अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहाल“प्रचण्ड“, संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल), सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ, समसामयिक प्रस्तावहरूको प्रस्तुति र विविध रहेका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठक भोलिबाट सुरु हुनेछ । थापाका अनुसार केन्द्रयि कमिटी बैठक काठमाडौंस्थित् राष्ट्रिय सभागृहमा विहान ११ बजे उद्घाटन हुनेछ । र, उद्घाटन सत्र मिडियाको लागि खुला रहने पनि थापाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्