Logo

अमेरिकाले अफगानिस्तानमा गत वर्ष साँढे सात हजार बम खसाल्यो



अमेरिकाले सन् २०१९ मा अफगानिस्तानमा सात हजार भन्दा बढी बम खसालेको तथ्यांक सार्वजनिक भएको छ । उसले विगत दश वर्ष अवधिमा प्रत्येक वर्ष खसालेको बमभन्दा २०१९ मा खसालेको बमको संख्या बढी हो ।

अमेरिकी हवाई फौजले सोमबार सार्वजनि गरेको प्रतिवेदन अनुसार सन् २०१९ मा ७४२३ वटा बम खसालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अफगानिस्तानमा बढीभन्दा बढी बम खसालिएको छ ।

अमेरिकाले पछिल्लो समय अफगानिस्तानमा बम हमलालाई बढावा दिएको छ । अफगानिस्तानमा अमेरिकी फौज तालिवानलाई सघाउन र पछि उसैको विरुद्ध पुगेको हो । अल कायदाविरुद्ध अमेरिकी सैनिक अफगानिस्तानमा खटिएको थियो ।
पछिल्लो समय अफगानिस्तानमा बम हमला र मानिस मारिने क्रम बढेको छ ।-



प्रतिक्रिया दिनुहोस्