Logo

‘शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी विधि विधान मिचेर हिंड्नथाल्नुभयो, अब महाधिवेशनले फैसला गर्छ’



काठमाडौं, १५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवाको कटु आलोचक हुन् । उनी पछिल्लो समय पार्टी सभापति बन्ने तयारीका साथ बढिरहेका छन् । जिल्ला जिल्ला पुगेर कोइराला पार्टी कार्यकर्तालाई भेट्दै आएका छन् । कोइरालासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः
नेपाली कांग्रेसभित्र विमति केमा हो ?
एजेन्डाभित्र विमति हुनु स्वाभाविक हो । अहिले पनि धेरै कुराहरु विवादितै छन् । जुन कुराहरु बाहिर ल्याइएका छन्, ती विधि र विधान सम्मत छैनन् ।
तर सबै नेताहरुले कांग्रेसमा शेरबहादुर देउवाको विकल्प छैन् भन्न थाले नि ?
साथीहरुले त्यसो भन्छन् भने ठिकै छ नि । उहाँहरुले कार्यतालिका सहमति आयो भन्छन् भने त्यो पनि ठिकै छ । कार्यतिालिका आएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी हो हामीलाई ।
कार्य तालिकामा महाधिवेशन त फेरबदल भएन नि ?
तपाईंले मूख्य महाधिवेशन केलाई भन्नुभएको हो ? हामीले कार्यतालिका भनेको तल्लोतह जस्तो वडा देखिकोलाई महाधिवेशनको सुरु भन्छौं । तपाईंले केन्द्रको मात्रै भन्नुभयो । तर महाधिवेशनको सुरुवात वडादेखिको हो नि त्यहाँ चुनाव भएन भने माथि त हुँदैन ।
त्यसको लागि त तपाईंंहरुले कात्तिक १६ बाट गर्दै हुनुहुन्छ नि ?
बीचमा दशैं, तिहार छठ छ त्यसलाई हेरेर कात्तिक १६ बाट भनेका हौं ।
त्यो कार्यतालिकामा विवाद छैन ?
त्यसमा कसैको विवाद छैन ।
अब कांग्रेस पार्टीभित्र विवादको विषय के हो त ?
खासगरी विवादका विषयमा महाधिवेशनलाई प्रभावित पर्ने गरी केही धाराहरु निलम्बित छन् । त्यो विषयमा छलफल गरेर अगाडि बढ्दा ठीक हुन्छ जस्तो लाग्छ । दोस्रो नेविसंघ अहिले अत्यन्तै गम्भीर अवस्थामा पुगेको छ । तरुण दल पनि अहिलेसम्म ४ जनाबाटै चलाइरहनुभएको छ । विभाग गठनलगायत तीन÷चारवटा कुराहरु अहिले पनि विवादमै छन् ।
विभाग गठनमा त रामचन्द्र, सिटौलाले त शेरबहादुरलाई साथ दिनुभयो नि ?
नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवा मात्रै हुनुहुन्न । उहाँहरुले मात्रै चल्ने भए भइगयो, केन्द्रीय सदस्यहरु किन चाहियो ? हामीसँग त यो विषयमा छलफल नै भएको छैन नि ।
नेपाली कांग्रेसमा केन्द्रीय सदस्यको विचार के त ?
यसमा कांग्रेसको विचार त के भन्नु । चार वर्षसम्म विभाग बनेन । अहिले आएर भोटका लागि कसैलाई खुसी पार्ने गरी विभाग बनाउने हो भने त्यसको औंचित्य छैन । त्यो पनि २८ बाट ४७ वटा । हामीले त भागबन्डाको विवाद गरेको होइन नि । पार्टी विधिसम्मत हुनुपर्यो भनेर पो गरेको त ।
तर, कांग्रेस त फेरि पनि भागबन्डामै गयो नि ?
अब शीर्ष नेताहरु नै भागबन्डामा जानुहुन्छ भने मलाई त केही भन्नुछैन । तर यो मत केन्द्रीय कमिटिमा राख्छु ।
आगामी बैठक सुरु हुँदैछ, त्यसमा तपाईंको एजेन्डाहरु के छ ?
अब हुने केन्द्रीय कमिटिको बैठकमा राख्ने सबैभन्दा ठूलो नेविसंघको विषय छ । दोस्रो विभाग, तेस्रो भ्रातृ संस्थाहरुले सदस्यता वितरण गर्ने विषय छ । यी तीनवटा विषयमा कुरा राख्छु । नेपाली कांग्रेसको विधानलाई नै मिचेर अगाडि जान थालियौं भने कसरी हामीले आपूmलाई लोकतन्त्रवादी भन्ने ? अरुलाई लोकतन्त्रको पाठ सिकाउने अनि आपैm त्यसलाई अंगिकार नगर्ने हो भने कसरी पार्टी अगाडि बढ्छ ।
नेपाली कांग्रेसलाई हेर्दा अहिले तपाईंहरुको अवस्था त कन्तबिजोग छ नि ?
तपाईंले एकदमै सही भन्नुभयो, ऋषिजी । पहिलो कार्यकर्ताहरुले नेताहरु तपार्इंहरु विधि र विधान सम्मत हिड्नुहोस् भनेको छ । अहिले नेविसंघको विषय सबै ग्रुपका शीर्ष नेताहरु विधिसम्म हुन चाहनुभएको छैन । सभापतिले उमेर हद १२ औं महाधिवेशन पछि लाग्छ भन्नुभएको छ । यही १४ फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव छ । ५० वर्षको मान्छेले उम्मेदवार दिँदा भोटर २८ वर्ष सेरोफेरोका छन् । कम्तिमा विद्यार्थी युनियनमा नेपाली कांग्रेसको विधानलाई टेकेर त हिड्नुपर्यो, विधानमा कतै ९ वटा महामन्त्री भन्ने लेखेको छ ? विधान मिचेर जथाभावी गरेर अस्ति झडप भएको हो ।
त्यसमा सबै गुटका शीर्ष नेताहरु त मिले नि ?
मैंले कहाँ मिल्नुभएको छैन भनेको छु र । यसमा शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी मिल्नुभएको छ । हिजो जुन व्यक्तिहरु विधिसम्मत हुनुपर्छ भनेर सभापतिलाई घेराबन्दी गरिरहनुभएको तिनै व्यक्तिहरु आज विधि र विधान मिचेर हिड्न थाल्नुभयो ।
तपाईंहरुको काम बोल्ने मात्रै हो, शेरबहादुर देउवाले पेलेर लगिसक्नुभयो नि ?
पेलेको नपेलेको त अधिवेशनले देखाउँछ । २८ वटा विभागको गठन तीन महिनाभित्र गरिसक्नुपर्छ भनेर नेपाली कांग्रेसको विधान लेखिएको छ । अर्को अधिवेशनको कार्यतालिका तोकिइसक्यो अहिले अब ४७ वटा विभाग बनाउँछु भनेर सभापति कुर्लेर हिड्नुभएको छ । रामचन्द्रजीहरुको ग्रुप २८ विभाग बनाउने भनेर लागिरहनुभएको छ । अब त विभाग बनाउँनै हुँदैन । किन अब विभाग बनाएर त्यसले राम्रो काम गर्दै अब त खाली अधिवेशनको प्रक्रियामा अगाडि बढ्नुपर्छ । अर्को नेपाली कांग्रेसको विधानमा भातृ संस्थालाई सक्रिय सदस्यता वितरण गर्ने अधिकार छैन । हामी नमान्दानमान्दै भ्रातृ संस्थालाई सदस्यता वितरण दिने अधिकार स्थापित गर्नुभयो । त्यसले लोकतन्त्रलाई कमजोर बनाउँदैन ।
तपाईंहरुको गुटबाट सर्वसम्मत रुपमा सभापतिको उम्मेदवार चयन हुन्छ ?
अहिलेसम्म हामी एकै ठाउँमा उभिएका छौं । तर, कतिपय उहाँहरुका कुरा चित्त बुझ्दैन त्यो केन्द्रीय समितिमा राख्छौं । त्यतिले पुगेन भने ‘नोट अफ डिसेन्ट’ पनि लेख्छौं ।
नेविसंघको बारेमा तपार्इंको असहमति हुन्छ ?
यहाँ त नेविसंघको मात्रै कुरा होइन । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा २८ वर्षको भोट हाल्ने नेविसंघमा ३० वर्ष बनाउँ ंभन्नुहुन्छ । बाहिर जिल्लाहरुमा ३० वर्ष मुनिको नियममा अधिवेशन भइसकेका छन् । यस्तो स्थितिलाई केही सिनियर साथीहरुले विधिसम्मत छ भन्नु हाँस्यास्पद हो ।
सभापतिको भनाइ १२ औं महाधिवेशन पनि मात्रै उमेरहद लागउने भन्ने छ नि ?
त्यहीं विधि अनुसार अधिकांश जिल्लामा महाधिवेशन भइसक्यो त ।
तर, केन्द्र अधिवेशन त भएको छैन नि ?
त्यही विधिलाई टेकेर अधिवेशन सुरु भएपछि भएन ।
त्यसोभए कांग्रेसमा देउवा नै सर्वैसर्वा हुनुभएको हो ?
उहाँ कसरी सर्वैसर्वा हुनुभयो ?
उहाँले जे भन्यो त्यही हुँदोरहेछ त कांग्रेसमा ?
कहाँ त्यस्तो भएको छ ? अहिले धेरै विषयहरु छन् । नेपाली कांग्रेसले राष्ट्रियसभामा एउटा पनि सिट जितेन होइन । हामी लोकतन्त्रवादी हौं भने राजपा र संघीय समाजवादीसँग मिलेर चुनाव लड्नुपर्दैन ? त्यसमा कति ठूला भूल भएको छ, त्यसमा कसैले सोचेको छ ? त्यसो गरेको राष्ट्रियसभामा एउटा सिट त आउँथ्यो नि ।
शेरबहादुर देउवा राजपासँग मिल्न सक्नुभएन, प्रधानमन्त्रीले. मिलेर देखाइदिनुभयो नि ?
राजपासँग उहाँले पहललै गरेको छैन अनि कसरी मिल्छ । राजपा लोकतन्त्रसँग नजिक छ भन्छन् अनि कांग्रेस पहलै नगरे पनि उसले पनि पहल त गर्नुपर्यो नि । त्यस्तै सभामुखमा सत्तापक्षकै व्यक्ति हुनुपर्छ भनेको त्यसमा नेपाली कांग्रेसले गरेको निर्णयलाई अन्यथा भन्दिँन । तर अहिलेका सभामुख द्वन्द्वकालको आरोपित व्यक्ति त्यसमा हामीले उम्मेदवारी दिएनौं । त्यसमा नेपाली कांग्रेसले सबैलाई हँसाउने काम गरेको छ । प्रोटेस्टको आधारमा पनि हामीले उम्मेदवारी दिनुपथ्र्यो ।
जित्ने आधार त थिएन नि ?
उहाँहरुलाई उपसभामुख कांग्रेसलाई दिइहाल्छ भन्ने लाग्यो । त्यसको लागि रामचन्द्रजी र शेरबहादुरजीले प्रचण्ड र ओलीलाई भेटेकै हो त । खोई अहिले दिनुभयो ? उहाँहरुले । त्यसकारण यो विषयमा कति ठूलो भुल भयो । राजनीति पार्टी भनेको जनतासामु खरो उत्रिनुपर्छ । जसको सर्वोच्च अदालतमा मुद्दा छ त्यो व्यक्तिको विरुद्धमा भए पनि उम्मेदवारी दिनुपर्दैन । गलत मान्छेलाई सबैले मिलेर गरेको जस्तो देखिएन ।
अदालतले सापकोटालाई सभामुखको लागि योग्य भनेको छ नि ?
त्यो त हिजो न भएको हो । त्योभन्दा पहिला के थियो अदालतमा ? जब सभामुख भइसके पनि सरकारले मुद्दा हेर्नै नपाउने व्यक्तिलाई दिनुभयो । त्यो त अदालत र सरकार सबै मिलेका छन् ।
तपाईंहरुले उपसभामुखको लागि किन सत्तापक्षसँग सहकार्य गर्नुभयो ?
त्यो गल्ती थियो । पार्टी र सरकार सञ्चालनमा केही लेनदेन हुन्छ । तर, अहिले जसरी हाम्रा सभापतिले काम गरिरहनुभएको छ । यसले आमनागरिक, शुभचिन्तकहरुलाई के सन्देश दिन खोजेको हो ? अब सरकारका लागि सबैमा तटस्थ हो भनेर सन्देश दिन खोजिएको हो । यसले लोकतन्त्रलाई धेरै कमजोर बनाउँछ । तत्कालीन एमालेभित्र यस्ता व्यक्तिहरु पनि छन् । जसलाई हामीहरुले सहश्र स्वीकारेर हिड्न सक्छौं ।
आगामी महाधिवेशनमा तपाईंहरुको गुटबाट एकजना मात्रैले उम्मेदवारी दिनुहुन्छ ?
हरेक कुराका विषयहरु हुन्छन् । त्यसमा कुृन विषय जाने कुनमा नजाने भन्ने हुन्छ । हाम्रो अधिवेशनको विषयमा पनि हामी छलफल गर्दै, घुम्दैछौं । अहिले जसरी नेपाली कांग्रेसभित्र प्रवृत्ति हावी भएको त्यसलाई समाप्त पार्ने गरी एकढिक्का भएर अगाडि जान्छौं ।
तपाईंहरुको गुट एकढिक्का भएर जान्छ हो ?
गुटको कुरा मात्रै होइन नेपाली कांग्रेस एकढिक्का भएर महाधिवेशनमा जान्छ । अहिले धेरै कुरामा नेपाली कांग्रेसले गन्ध पैmलाएको छ । किन कांग्रेस भ्रष्टाचारको विषयमा बोल्दैन, सभामुखमा बोल्दैन । उपसभामुख पाइन्छ कि भनेर लालायित हुन्छौं । एतिका विषयमा बोल्दा हाम्रै डामिन्छन् । अबको १४ औं महाधिवेशनपछि राप्रपा, राजपा जस्ता लोकतान्त्रिक शक्तिहरुलाई हामी एक ठाउँमा ल्याउछौं । अहिलेका सभापतिले सक्नुभएन । त्यो काम गर्न सकेको राष्ट्रियसभामा एउटा सिट आउने थियो ।
कोइराला परिवारबाट सभापति बन्न तपाईं तयार हुनुभएको हो ?
फेरि कहाँबाट आयो यो कुरा ? अहिल्यै यो कुरा किन ल्याउनुुहन्छ । त्यो दिन आएपछि तपाईं म नै ऋषिजी मेरो अन्तर्वार्ता लिनुस् भनिहाल्छु किन चिन्ता गर्नुहुन्छ ।
शेरबहादुर देउवाले कांग्रेस चलाउन सक्नुभएन हो ?
उहाँ आत्मरतिमा रमाउनुभयो । उपसभामुख पाइन्छ कि भनेर विवादित सभामुखलाई सहर्ष स्वीकारेर हिडौं । सभामुखमा हाथ्र्यौं थाहा छ, तर राष्ट्रियसभामा लोकतान्त्रिक फोरमहरुलाई एक ठाउँमा ल्याएको भए एउटा सिट त जित्नेथियो । गलत गरेको कुरालाई त गलत भन्न सक्नुपर्छ तव पार्टी बलियो हुन्छ ।
एमसीसीको कुरा गर्दा प्रधानमन्त्रीले पारित गर्नुपर्ने छ भन्दा शेरबहादुरले छिटो गरौं भन्नुभयो ठिक छ ?
अब यो एमसीसीमा अमेरिकन दूतावासले पनि केही गल्तीहरु गरेको छ । कहिले यो इन्डोप्यासेफिकको पार्ट होइन भनेको छ कहिले हो भनेको छ । मैले पनि हेरेको कुरा न्यसमा सैन्य रणनीति भनेको पाइँन त्यसकारण पास गर्दा त्यति नराम्रो नहोला । त्यस्तो शंका लागेका बुँदाहरुमा अमेरिकन पक्ष र हामी बसेर त्यस्ता कानुनी अड्चन छन् भने सच्याएर छिटो पास गर्नुपर्छ । ५५ अर्ब रुपैयाँ हामीलाई अनुदानको रुपमा दिँदैछ ।
अनुदान दियो भन्दैमा किन लिने ?
चाइनाबाट चाहिं किन लिएको छ ?
सैन्यगठबन्धनमा त नेपाल जान सक्दैन नि ?
सैन्यगठबन्धनमा त जानै हुँदैन नि । अमेरिका, चीन, भारतलगायत कसैसँग पनि हामीेले सैन्य रणनीतिको सम्झौता गर्नुहुँदैन ।
यसको विरोध गर्नु कांग्रेसको लागि घातक हो ?
यो कांग्रेसको लागि देशको कुरा गर्दैछु । यसमा त नेपाली कांग्रेस समावेशै छैन नि । समावेश भनेको खाली शेरबहादुरजी प्रधानमन्त्री हुँदा सही गरेको न हो । अहिले सरकारमा नेकपा छ नि । सैन्य रणनीति नै छ भने विज्ञहरुसँग बसेर छलफल गर्दा भइगयो नि । सहयोग लिनुहुँदैन भने चीनबाट आएको ५६ अर्ब किन लिएको त ? चीनको लागि कोही बोल्दैन । त्यहाँ पनि रणनीतिक साझेदारी भनेको छ त । जसरी आज अमेरिकाले अनुदान लिनुहुँदैन भने त एग्रिमेन्टमै रणनीतिक साझेदारी भनेको हो भनेर सोध्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्