Logo

प्रचण्डको प्रश्न : पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ?



काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौँमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने,“दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ ।” अध्यक्ष दाहालले नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त समारोहमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबधक ओपेन्द्र शर्माले समाजले रक्तदान अभियान सञ्चालन गरेर समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएकोमा प्रशंसा गर्दै रगतको अभावले अस्पतालको श्ययामा छटपटाएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए। file photo

 



प्रतिक्रिया दिनुहोस्