Logo

प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी



काठमाडौं, १५ माघ । प्रधानसेनापति पूर्णचन्द्र थापाका सामु रक्षामन्त्री ईश्वर पोखरेल समेत निरिह भएका छन् । पछिल्लो पटक प्रधानसेनापति थापाले आफ्ना साँढुभाई शरद गिरीलाई रथी बनाउनकै लागी रिक्त रथी पदको बढुवा अल्झाएर राखेको विषय आउको छ । थापा आफू प्रधानसेनापति भएपछि रिक्त रथीका लागि तीन उपरथी प्रतिष्पर्धामा थिए ।

उपरथीहरु शेखरसिंह बस्न्यात, अनुज बस्न्यात र देव सुवेदी रोलक्रममा थिए । तर, बढुवा प्रक्रिया अगाडी नबढाइएपछि बस्न्यातद्धय उमेर हदका कारण उपरथीबाटै घर गए । अर्का आकांक्षी सुवेदीलाई नक्कली सर्टिफिकेटको त्रास देखाएर घर जान बाध्य बनाइयो । यो सबै उनले साढुभाई गीरीलाई रथी बनाउन गरेका थिए । यो मिसनमा उनी सफल भएका छन् ।- बुधबार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्