Logo

ओलीले फेरि अर्का ‘झापाली’ लाई दिए मौका



काठमाडौं, १५ माघ । आफ्नो गृहजिल्लावासी भएको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशन क्षेत्रको कुनै अनुभव नभएका एकजना ‘झापाली’ लाई साझा प्रकाशनको महाप्रबन्धकमा नियुक्ति दिएका छन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा राजनितिक एवं सामाजिक कार्यकता होमप्रसाद गौतमलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।

करिब ६-७ वर्षदेखि निरन्तर घाटामा चल्दै आएको साझा प्रकाशनलाई व्यवस्थित रुपले चलाउन सक्ने दक्ष महाप्रबन्धकमा नियुक्त गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको रुचिको कारण गौतम नियुक्त हुन पुगेको हुन् । ओलीको निर्वाचन क्षेत्र शिव सतासीधाम नगरपालिका स्थायी बासिन्दा गौतम यसअघि भने धरमपुर गाउँ विकास समितिका अध्यक्ष थिए । स्थानिय तहको राजनीतीमा सक्रिय उनले गएको संघीय संसदको निर्वाचनमा ओलीको निर्वाचनमा क्षेत्रमा निर्वाचन संयोजक समेत काम गरेका थिए ।

चुनावमा आफुलाई सघाएका कारण प्रधानमन्त्री ओलीले नै खाली रहेका साझाको महाप्रबन्धकमा गौतमलाई नियुक्त गर्न चासो देखाएपछि भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले उनलाई सोमबार मात्र नियुक्ति दिएकी हुन् । साझाको अध्यक्षमा भने मन्त्रालयको सहसचिव चन्द्रकला पौडेल रहेकी छिन् ।

आफ्नो गृहजिल्लावासीलाई राजनीतिक नियुक्ति गर्ने क्रममा प्रधानमन्त्री ओलीले यसअघि महान्यायाधिवक्तामा अग्नि खरेल, नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा मदन खरेललगायतलाई नियुक्त गरेका थिए । –बुधवार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्